६ कार्तिक २०८३, शुक्रबार

स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ ।

निर्वाचन आयोगले गएराति १२ः०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा मतदानस्थलसहित केन्द्रको सङ्ख्या थप भएको हो ।

हालसम्म विभिन्न स्थानमा गरी ७९ मतदान केन्द्रमा स्थगन भएको आयोगले जनाएको हो । आयोगका अनुसार विवाद र भड्पका कारण स्थगन भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको छ, त्यसैलाई आधार मानेर गणना गर्ने कि भन्ने विषयमा छलफल भइरहेकाले स्थगनको कूल सङ्ख्यामा केही थपघट हुन पनि सक्नेछ । मतदान भएका अधिकांश पालिकामा मतगणना सुरु भइसकेको छ ।–रासस