६ कार्तिक २०८३, शुक्रबार

राजविराजको तीन पालिकामा मतगणना सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज,३१ वैशाख । शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनअन्तर्गत सप्तरीको तीनवटा पालिकामा मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिकामा मतगणना सुरु भएको छ । विष्णुपुर गाउँपालिकामा र सुरूङ्ग नगरपालिकामा समेत मतगणना सुरू भएको जनाइएको छ ।

त्यस्तै तिरहुत गाउँपालिकामा पनि सर्वदलीय बैठक सम्पन्न गरी बिहान १०ः३० देखि मतगणना सुरु भएको तर अन्य अधिकांश ठाउँमा पानी परेर मतगणनामा ढिलाइ भएको बताइएको छ । राजविराज नगरपालिका–१२को मतदान स्थगित भएको जनाइएको छ ।–रासस