६ कार्तिक २०८३, शुक्रबार

घोराही उपमहानगरपालिकाको मतगणना सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३१ वैशाख । घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो उक्त महानगरपालिकाको वडा नं १४ र १९ बाट मतगणना सुरु गरिएको हो ।

उपमहानगरमा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७दशमलव७६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच जिल्लाका दङ्गीशरण, बबई, शान्तिनगर, राजपुर, गढवा, राप्ती, बङ्गलाचुली र लमही नगरपालिकामा मतगणना जारी रहेको तर तुलसीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेदेखि गरिने भएको छ ।

उक्त उपमहानगरपालिकाको वडा नं १७ मा नेकपा (एमाले)बाट वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लबरु चौधरीको निधन भएपछि सो वडामा जेठ ३ गते निर्वाचन सम्पन्न भएपछि बेलुकादेखि मतगणना गरिने जनाइएको छ ।–रासस