
डडेल्धुरा, ३१ वैशाख । डडेल्धुराका सात पालिकामध्ये पाँच पालिकामा मतगणना सुरु भएको छ ।
जिल्ला सदरमुकाममा स्थित अमरगढी र पर्शुराम नगरपालिका सहित गन्यापधुरा, नवदुर्गा र आलिताल गाउँपालिमा मतगणना सुरू भएको जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख हरिप्रसाद पङ्गेनीले जानकारी दिनुभयो ।
अन्य दुई पालिकामा आजै मतगणना सुरू हुने बताउनुभयो । भागेश्वर गाउँपालिकाको आज बिहान १० बजेपछि सुरु हुने भएको सहायक निर्वाचन अधिकृत हर्ष रोकाले बताउनुभयो । अजयमेरू गाउँपालिका–२ चमडामा विवाद रहेको जनाइएको छ ।
गन्यापधुरामा ४०० मतगणना गर्दा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार इन्द्र कार्कीले १९४ मत ल्याएर अग्रता लिनुभएको छ । –रासस















प्रतिक्रिया