६ कार्तिक २०८३, शुक्रबार

सोलुखुम्बुमा कांग्रेस-माओवादीबीच झडप हुँदा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । सोलुखुम्बुको सोताङ गाउँपालिकामा दोहोरो झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा भएको दोहोरो झडपमा वडा नम्बर ३ मा भोट खासल्न आएकी विरामी वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो ।

शुक्रबार साँझ भएको झडपमा घाइते भएका ३५ वर्षीय सुदिप राईको उपचारका क्रममा मृत्यु भएको हो ।

राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न ३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

मत खसाल्न ल्याइएकी वृद्धालाई घर लैजान ढिलो गरेको भन्दै विवाद सुरु भएको थियो ।