६ कार्तिक २०८३, शुक्रबार

बालेन शाहले साइत हेराएर गरे मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतदान गरेका छन् ।

उनले ज्योतिषशास्त्रअनुसार साइत हेराएर शुक्रबार विहान ११ः०३ बजे मतदान गरेको जनाएका छन् ।

उनले काठमाडौँ वडा नं. ९ स्थित गैरिगाँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट भोट हालेका हुन् ।

मतदानपछि शाहले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आफ्नो जीत सुनिश्चित रहेको दावी गरे ।