६ कार्तिक २०८३, शुक्रबार

मध्यरातमा पैसा बाँड्न गएका माओवादीका अध्यक्ष उम्मेदवार पक्राउ, झडप हुँदा कांग्रेस कार्यकर्ता घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ३० वैशाख । सिरहाको औरही गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार रहेका सिद्धार्थ यादव पक्राउ परेका छन् ।

उनले औरही गाउँपालिका ४ टोलमा मध्यराति मतदातालाई पैसा बाँड्न गएपछि नेपाली कांग्रेस र जसपाका कार्यकर्ताहरुले घेराउ गरेका थिए । त्यस क्रममा कांग्रेस र जसपासँग माओवादीको झडप परेको थियो ।

झडपका क्रममा माओवादी कार्यकर्ताहरुले प्रहार गरेको रडबाट एक कांग्रेस कार्यकर्ताको टाउको फुटेको छ ।

स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अध्यक्षका उम्मेदवार माओवादीका यादवसहित माओवादीकै अन्य २ जनालाई पक्राउ गरेको छ ।