६ कार्तिक २०८३, शुक्रबार

अमेरिकाबाट फर्किएका हृदयेन्द्र शाहले मतदान गर्लान्?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख। अध्ययनका लागि अमेरिकामा रहेका पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीपुत्र हृदयेन्द्र शाह काठमाडौं फर्किएका छन्।

चुनावको समयमा विदा मिलाएर आएका उनले स्थानीय तहको निर्वाचनमा मत हाल्छन् या हाल्दैनन् भन्ने चासो देखिएको छ।

पूर्वराजपरिवारले हालसम्म मतदान नगरेका कारण हृदयेन्द्र पनि सहभागी हुने सम्भावना न्युन रहेको निर्मल निवास स्रोतले जनाएको छ।

बोस्टनस्थित कलेजमा अध्ययनरत उनी विदा मनाउनका लागि काठमाडौं फर्किएको बताइएको छ।

उनका दुई दिदीहरु पूर्णिका र कृतिका भने थाइल्यान्डमा छन्।