
लमजुङ, २९ वैशाख। बिरामी भेट्न हिँडेका लमजुङ बेंसीशहर नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशी लुटिएका छन्।
रामचोक बाटोमा हिँडिरहेको बेला कांग्रेस कार्यकर्ताले एक्कासी आक्रमण गरेर लुटपाट गरेको जोशीले बताए। वडाकै रामचन्द्र सेढाइँलगायतको दर्जन बढी युवाले बुधबार राति साँढे ९ बजेतिर आफूलाई नियन्त्रणमा लिएर आफ्नो झोला लुटेको जोशीले बताए।
रामचोकमा भाइ किशोर भुजेलको दिदी भुजा भुजेल विरामी भएको खबरपछि भेट्न हिँडेका थिए, जोशी। ‘खाना खाएर घर फर्किने क्रममा रामचोकको स्कुल नजिकैँ हिँडदै थिए । एक्कासी कांग्रेसका १०/१२ जना युवा आएर आक्रमण गरेको र लुटपाट गर्यो । झोला थुतेर लग्यो’, उनले सुनाए।
उनका अनुसार झोलाभित्र १ लाख ८० हजार रुपैयाँ रहेको पैसासहित झोला लुटेर लगेका छन्।
‘वडा अध्यक्षको उम्मेदवार बनेको छु । यताउता हिँड्दा खाजा खाना खानुपर्छ। खर्च हुन्छ भनेर माछापुच्छ्रे बैंकबाट पैसा निकालेर ल्याएको थिएँ। दिउँसो ल्याएको पैसा राति नै पो लुटियो’, उनले भने।
आफन्त र एमालेमा आस्था राख्ने मान्छेको घरमा जाँदा पनि लुटिनुपरेको उनले बताए।
उक्त घटनाबारे प्रहरीलाई जानकारी गारएको जोशीले बताए। प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले रामचोकका युवाबीच झगडा भएको जानकारी आएको र अनुसन्धान कार्य अघि बढाएको बताए।











प्रतिक्रिया