३ मंसिर २०८३, बिहिबार

फरार अभियुक्तसहित गठबन्धनको आक्रमणमा एमालेका चार जना गम्भिर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २८ वैशाख। त्रिपुरासुन्दरी र सिद्धलेक गाउँपालिकामा एमाले कार्यकर्तामाथि सत्ता गठबन्धनका कार्यकर्ताले मंगलबार साँझ आक्रमण गर्दा ४ जना गम्भीर घाइते भएका छन्।

त्रिपुरासुन्दरी गाउँपालिका–१ डाडाँगाउँमा एमालेको घरदैलो कार्यक्रममा साँझ आक्रमण भएको थियो।

आक्रमणबाट त्रिपुरासुन्दरी गाउँपालिका–१ का २५ वर्षीय हरी श्रेष्ठ, २६ वर्षीय रामशरण श्रेष्ठ र ३५ वर्षीय लेकबहादुर विक गम्भीर घाइते भएका छन्।

घटनाका घाइतेहरुको अवस्था गम्भीर भएकोले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित   मनमोहन अस्पतालमा उपचार भइरहेको छ।

आक्रमणमा सामान्य घाइते १० जना भन्दा बढी रहेको नेकपा एमाले त्रिपुरासुन्दरीका अध्यक्ष हरी पन्तले जानकारी दिए।

त्रिपुरासुन्दरी गाउँपालिका–१ का नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका साधुराम भनिने भिमप्रसाद भट्टले एमाले जुलुसमा खुँडा ल्याएर प्रहार गरेपछि आक्रमण भएको थियो।

आक्रमणमा जिल्ला अदालत धादिङले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरि फरार भएका त्रिपुरासुन्दरी गाउँपालिका–१ का दिपक उप्रेती र श्रीकृष्ण खड्का समेत सहभागि भएको प्रत्यक्षदर्शी पन्तले टेलिफोनबाट जानकारी दिए।

एमालेको घरदैलोमा आक्रमण भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको जनपथ प्रहरी र सशस्त्र प्रहरीले घटनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले प्रयोग गरेको सवारी साधनमा समेत आक्रमण भएको छ।

वडा अध्यक्ष उम्मेदवार भट्टको घरको छतमा आक्रमण गर्ने उद्देश्यले ढुंगा समेत राखिएको र एकै साथ जम्मा भएर बसेका काँग्रेस कार्यकर्ताहरुले हमला गरेको प्रत्यक्षदर्शी एमाले गाउँपालिका उपाध्यक्ष उम्मेदवार संगीता कुमालले बताइन्।

घटनाका सम्बन्धमा प्रहरीले घटना नियन्त्रणमा लिएको जनाएको छ। शान्तिपूर्ण जुलुसमा एक्कासी आक्रमण गर्नेविरुद्ध इलाका प्रहरी कार्यालय सल्यानटारमा उजुरी गरिने उपाध्यक्ष उम्मेदवार कुमालले बताए।

प्रहरीले कसैलाई पनि गिरफ्तार गरेको छैन ।

यसैगरि सिद्धलेक गाउँपालिका–५ बाघबचछला नजिकैँ  एमाले कार्यकर्ता माथी आक्रमण हुँदा गम्भीर घाइते भएका छन्।

मोटरसाइकलमा एमाले कार्यक्रम सकेर घर जाँदै गरेका सिद्धलेक गाउँपालिका –५ निवासी २६ वर्षीय राकेश श्रेष्ठलाई माथी आक्रमण भएको थियो।

रड र ढुंगामुढाले आक्रमण गर्दा घाइते भएका श्रेष्ठको मलेखुस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको छ।

घटनामा ३ ओटा मोटरसाइकल क्षति भएको छ।

नेकपा माओवादी केन्द्रका नेता बुद्ध गुरुङको नेतृत्वमा घटना भएकोले आरोपितहरुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिने नेकपा एमाले जिल्ला सचिव अर्जुन श्रेष्ठले बताए।