
काठमाडौँ, २७ वैशाख । गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।
दुवै पार्टीका जिल्ला नेतृत्वबीच पालुङटारको मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने सहमति भएको हो ।
उनीहरुद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार पालुङटारका १० वटा वडामध्ये ७ वटाको अध्यक्ष जसपाले लिने र ३ वटा वडाध्यक्ष एमालेले लिने सहमति भएको छ ।
यसभन्दा अघि जसपाले कांग्रेससँग सहमति गरे पनि भावण्डा नमिलेपछि एमालेसँग सहकार्य गरेको हो ।
पालुङटार जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर हो ।
यस्तो छ विज्ञप्तिः
















प्रतिक्रिया