
काठमाडौँ, २७ वैशाख । नबिल बैंकका पूर्वअध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि “श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति”सुरु गरेको छ ।
स्व. पौड्यालले बैंकमा लामो समय देखि संचालक समितिमा योगदान गर्दै आउनु भएका थिए ।स्व.पौड्याल कर्मचारीहरुको हित र विकासका निम्ती लागि पर्दथे ।
यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षाबोर्डको +२ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उदेश्यसहित बैंकले यो कार्यक्रम ल्याएको हो ।
मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पुरस्कारको रकम रु. ५०,००० प्रत्यक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने कुरा बैंकबाट प्रेषित वक्तव्यमा लेखिएको छ ।
बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि निम्न कर्मचारीहरुको सन्तानहरुलाई माथि उल्लेखित आधारमा छात्रवृत्ति प्रदान गरेको छ ।
उनिका खनाल (कर्मचारी उदय राज खनालकी छोरी)
दिपसन भट्टराई (कर्मचारी सन्देश राज भट्टराईका छोरा)
मुकुल अर्याल (कर्मचारी मुरारी प्रसाद अर्यालका छोरा)
नबिल बैंकको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द« प्रसाद पौड्यालले बैंकका सञ्चालक समितिका सदस्यहरु, वरिष्ठ व्यवस्थापन तहका कर्मचारीहरु, पूर्व अध्यक्षका परिवारर छात्रवृत्ति विजेताहरूको अभिभावकको उपस्थितिमा तीनै विजेताहरुलाई छात्रवृत्तिको रकमसहित प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।
छात्रवृत्ति कार्यक्रमको बारेमा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले स्व.शम्भुप्रसाद पौड्यालले बैंकलाई पुर्याएकाे लामो योगदानको उच्च प्रशंसा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको जनाए ।
साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दशकौँ देखि नबिल बैंक र नबिलियनको वृद्धी र विकासका लागि स्व.पूर्वअध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए ।















प्रतिक्रिया