६ कार्तिक २०८३, शुक्रबार

कांग्रेसकी उपमेयर पदकी उम्मेदवारको निधन, निर्वाचन स्थगित गर्ने आयोगको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलबस्तु, २७ वैशाख। कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको मंगलबार बिहानको राती निधन भएको छ।

करिब १ बजेतिर जिल्ला अस्पतालमा उनको निधन भएको हो। उनलाई हृदयघात भएको थियो। कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ।

निर्वाचन आयोगले उम्मेदवारको निधन भएपछि सो नगरपालिकाको चुनाव स्थगित गर्ने तयारी गरेको छ।