
काठमाडौं, २६ वैशाख। मतदातालाई धम्कीपूर्ण शैलीमा चितवनमा रेणु दाहालको प्यानललाई मतदान नगरे दुर्घटना हुन्छ भनी गर्जिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलालीमा भने गठबन्धनको औचित्य नबनिसकेको बताएका छन्।
कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसको बेइमानीविरुद्ध मतदान गर्न माओवादीका स्वतन्त्र उम्मेदवारका पक्षमा वकालत गरी विरोधाभाष तर्क गरेका हुन्।
प्रचण्डले अझै गठबन्धन क्लियर नभएको बताउँदै गठबन्धनको मर्मअनुसार उम्मेदवारी दिएका र प्राविधिक कारण स्वतन्त्र उम्मेदवारी दिन पुगेका पार्टीका सबै उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन्।
प्रचण्डको उक्त अपिलसँगै गठबन्धनभित्र फाटो आउन सक्ने अनुमान गरिएको छ।















प्रतिक्रिया