६ कार्तिक २०८३, शुक्रबार

विप्लवको पार्टी फुट्यो, बास्तोला नेतृत्वमा नेकपा (बहुमत) गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ। महासचिव विप्लव संसदवादमा फसेको भन्दै धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) गठन भएको पत्रकार सम्मेलनमार्फत सोमबार जानकारी दिइएको छ।

जनतासँग राम्रो सम्बन्ध कायम राख्दै वैज्ञानिक समाजवादमा जाने बाटोमा अडिग रहने पत्रकार सम्मेलनका क्रममा बास्तोलाले बताए। स्थानीय निर्वाचनमा नेकपाका कतिपय केन्द्रीय सदस्य नै चुनावी मैदानमा होमिएपछि संसदवादको भासमा पार्टी जान लागेकाले जोगाउनका लागि पुनर्गठन गरिएको बास्तोलाको दाबी छ।