६ कार्तिक २०८३, शुक्रबार

निर्वाचन आयोगद्वारा प्रचण्डको धम्कीपूर्ण अभिव्यक्तिमाथि छानबिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ वैशाख । निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा रेणु दाहाल निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्तिमाथि छानबिन थालेको छ ।

आयोगमा प्रचण्डको अभिव्यक्तिमाथि छानबिन गर्न उजुरी परेपछि आयोगले आन्तरिक रुपमा छानबिन सुरु गरेको हो ।

आयोगका एक जना पदाधिकारीअनुसार प्रचण्डको आफ्ना उम्मेदवारले नजिते देश दुर्घटनामा जान्छ भन्नु धम्कीको भाषा भएको भन्दै छानबिन सुरु गरिएको बताइएको छ ।

प्रचण्डले भरतपुरमा गठबन्धनद्वारा आयोजित चुनावी सभामा भोट माग्दै आफ्नी सुपुत्री रेणुले निर्वाचन नजिते देश दुर्घटनामा जाने विवादास्पद धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।