६ कार्तिक २०८३, शुक्रबार

संघीय संसदको अधिवेशन जेठ ३ गते बोलाउन सरकारको सिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ वैशाख । सरकारले जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ ३ गते दिउँसो ४ बजेका लागि बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिएका छन् ।

संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

त्यही प्रयोजनका लागि संसद बैठक आह्वान गरिएको हो ।