६ कार्तिक २०८३, शुक्रबार

देउवाको धम्कीः मेरो पार्टीमा गठबन्धन विरोधी भएर बोल्नेलाई पनि कारवाही हुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ वैशाख । सत्तारुढ गठबन्धनका दलहरुले स्थानीय निर्वाचनमा आयोजना गरेका आफ्ना चुनावी सभाहरुमा आफ्ना एजेण्डा भन्दा बढी धाक धम्की र एमालेविरुद्ध प्रस्तुत भएका छन् ।

केही दिन अघि चितवनको भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन गरिएको गठबन्धनको सभामा प्रचण्डले छोरीले नजिते देश दुर्घटनामा जाने धम्की दिएका थिए ।

शनिबार जनकपुरधाममा भएको कार्यक्रममा चुनाव प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफ्ना कार्यकर्तालाई धम्की दिएका छन् ।

उनले गठबन्धन टिकाउनुपर्ने बताउँदै त्यसविरुद्ध बोले सह्य नहुने बताएका छन् । ‘गठबन्धन टिकाउनु मेरो त झन् ठूलो कर्तव्य हो । उहाँले बनाएको प्रधानमन्त्रीको कर्तव्य गठबन्धन टिकाउनु हो,’ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘मेरो पार्टीबाट कुनैपनि अवस्थामा गठबन्धनको खिलाफमा कुरा उठ्नु हुँदैन । त्यो सैह्य हुने छैन् ।’

उनले गठबन्धनको विरुद्ध बोल्नेलाई मात्रै समेत कारवाही चेतावनी दिए ।