६ कार्तिक २०८३, शुक्रबार

मुस्लिम एकता समाजका ४ सय बढी एमाले प्रवेश, वरिष्ठ उपाध्यक्ष पोखरेलले गरे स्वागत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) मा प्रवेश गर्नेको लहर जारी छ ।

यसैबीच मुस्लिम एकता समाजद्वारा आयोजित ईदको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा ४ सय जना भन्दा बढी एमालेमा प्रवेश गरेका छन् ।

महाराजगन्जमा आयोजित एक समारोहकाबीच ४ सय बढीले एमाले रोजेका हुन् ।

उनीहरुलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खादा ओढाएर पार्टीमा स्वागत गरेका छन् ।

समारोहमा वरिष्ठ उपाध्यक्ष पोखरेललाई मुस्लिम समुदायका तर्फबाट सम्मानस्वरुप मुस्लिम टोपी प्रदान गरिएको थियो ।

समोरोहलाई सम्बोधन गर्दै पोखरेलले मुस्लिम समाजले एमालेलाई रोजेकोले एमाले झन् थप बलियो भएको बताए । त्यस्तै, अब नेकपा एमालेले मुस्लिम समुदायलाई अघि बढाउनेबारे एमालेले सोच्ने पोखरेलले बताए ।

पोखरेलले भने, ‘अब तपाईँहरु नेकपा एमालेमा अभिलेखवद्ध हुनुभयो, अब तपाईँहरुलाई अघि बढाउने कुरामा एमालेले सोच्छ, एमालेको यो जिम्मेवारी भयो, यो कुरामा म जिम्मा लिन चाहन्छु ।’

त्यस्तै, एमालेको नीति, विचार र संगठनमा आवद्ध भएर अघि बढ्ने निर्णय गरेको प्रति पार्टीमा प्रवेश गर्नेहरुलाई पोखरेलले धन्यवाद ज्ञापन गरे ।