६ कार्तिक २०८३, शुक्रबार

पाण्डुसेनमा कांग्रेस र नेकपा एसका कार्यकर्ताको झडपले उग्र रुप लिँदा २३ राउण्ड फायर, ३ राउण्ड अश्रुग्यास प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ वैशाख । बाजुराको दुर्गम बुढिनन्दा नगरपालिका–९ पाण्डुसैनको अवस्था तनावग्रस्त बनेको छ ।

कुकुरलाई हिर्काएको विवादले उग्ररूप लिएपछि पाण्डुसैनमा दुई पक्षबीच झडप भएको थियो ।

स्थितिलाई नियन्त्रण लिन प्रहरीले २३ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्यास प्रहार गर्दा पनि स्थिति साम्य हुन सकेको छैन ।

कुुकुरलाई हिर्काएको आरोपमा कांग्रेस कार्यकर्ताले नेकपा एकीकृत समाजवादीका कार्यकर्तामाथि आक्रमण गरेका थिए ।

कांग्रेस कार्यकर्ताको कुटाइपछि नेकपा एसका कार्यकर्ता गुहार माग्दै पाण्डुसेन प्रहरी कार्यालय पुगे । अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा त्यसबेला ३४ जना म्यादी र ६ जना प्रहरी मात्रै थिए ।

यसैबीच कांग्रेस कार्यकर्ताले प्रहरी कार्यलय नै तोडफोड गरेका थिए । त्यस क्रममा १० जना प्रहरी र कांग्रेस र नेकपा एसका ५ जना बढी घाइते भएका छन् ।

त्यहाँ थप सुरक्षाकर्मीको व्यवस्था गरिएको बताइएको छ ।