५ कार्तिक २०८३, बिहिबार

अर्बन फूडको ब्लू स्टार कम्प्लेक्समा आफ्नो पहिलो रिटेल आउटलेट “अर्बन मार्ट” सुरुवात

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २३ वैशाख । अर्बन मार्टको उद्घाटन गरिएको छ ।

मार्टको शुक्रबार दिउँसो १ बजेदेखि भव्य उद्घाटन भएको छ ।

अर्बन फूड काठमाडौँमा रहेको एक मासु प्रशोधनगर्ने कम्पनीहो र यसले सन् २०१२ देखि आफ्ना ग्राहकहरुलाई ससेज, सलामी, बेकन, ह्याम, मम, कोल्ड कट्स, मीट पार्टस्, क्यान्ड फुड, कफीबिन्स र अन्य गुणस्तरीय उत्पादनहरु प्रदान गर्दै आएको छ ।

अर्बन फूड प्रोडक्सनमा अत्याधुनिक प्रविधिका साथ नेपालकै टप फूड टेक्नोलोजिस्ट प्रविणमान शाक्य, जर्मनीका मीट विशेषज्ञ र मास्टर बुचर, म्याक्सि मिलियन फब्रिजियो स्टोल र अस्ट्रियाका मास्टर प्रोसेसर एन्टोन लोस्चाट जस्ता खाद्य विशेषज्ञहरु संघ रहेको छ ।

अर्बन फूडका गुणस्तरीय उत्पादनहरुले एक दशकदेखि ग्राहकहरुको मन जित्दै आएका छन् भने ती भाटभटेनी, बिग मार्ट, सेल्सबेरी र नेपालभरका अन्य डिपार्टमेन्ट स्टोरहरु जस्ता प्रमुख खुद्रा विक्रेता पसलहरुमा सहज रुपमा उपलब्ध छन् ।

अर्बन फूडका प्रमुख कार्यकारी अधिकृत आयुष राजभण्डारी भन्छन्, “हाम्रा मूल्यवान ग्राहकहरुलाई हाम्रो पहिलो आउटलेट, अर्बन मार्टमा स्वागत गर्न पाउँदा हामी साँच्चै उत्साहित छौँ । खुसी बाँड्नका लागि हामीले सुरुवातको दिन प्रशोधित उत्पादनहरुमा ३०% छुट प्रदान गर्दैछौँ र १३ मे २०२२ सम्म २५% छुट प्रदान गर्नेछौँ ।”

नयाँ अर्बन मार्टमा पर्याप्त पार्किङ सुविधा भएकाले वाक–इन ग्राहकहरुका साथै अनलाइन विक्रेता, होटल र रेष्टुरेन्टहरुलाई पनि सहज हुनेछ । मार्टको ठीक पछाडि अर्बन फूडको २० टन क्षमताको सिटी कोल्ड रुम र त्यही माथि अर्बन फूडकै केन्द्रीय कार्यालय रहेको छ ।

विशेष मूल्यहरु, सदस्यता कार्यक्रमहरु, केन्द्रीय स्थान र पार्किङ सुविधाहरु बाहेक, अर्बन मार्टको अर्को विशेषता भनेको यसमा समय–समयमा सीमित संस्करण विशेष उत्पादनहरु पाइनु हो जुन अर्बन मार्टमार्फत मात्र लिन सकिन्छ ।