
काठमाडौँ, २३ वैशाख । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई देशका विभिन्न स्थानहरुमा ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग सम्झौता गरेको हो ।
सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले होटल तथा रेस्टुरेन्ट अन्र्तगत पर्पल हेज रेस्ट्रो एण्ड गानर्डेन, एयरपोट चोक, विराटनगरमा १५%, मिठो रेस्टुरेण्ट एण्ड थकाली किचेन, विर्तामोडमा १०%, नोबेल होटल एण्ड स्वीमिंग कम्प्लेक्स प्रा.लि., इमाडोलमा १०%, मिटिंग पोइन्ट रेस्टुरेण्ट एण्ड बार, विर्तामोडमा ५%, होटल अर्थ प्रा.लि., सौरहा, चितवनमा २०%, चिकेन स्टेशन, इमाडोलमा १०% तथा सोलमरी रेस्ट्रो एण्ड मिटिंग प्रा.लि., इमाडोलमा १५% को छुट पाउनुहुनेछ ।
अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत मेडिसिटी फार्मेसी, बिर्तामोडमा १०%, रामजानकी हस्पिटल प्रा.लि., जनपुरमा १५% तथा नमो मनकामना डेन्टल एण्ड क्लिनिक प्रा.लि., इमाडोलमा २५% को छुटको ब्यवस्था रहेको छ ।
साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले विराटनगरको पिपलचोकमा रहेको तनाश्क फेशन स्टुडियोमा १५% छुट पाउनुहुनेछ । जिम/फिटनेस सेन्टर अन्र्तगत सेप्स फिटनेश जिम, ढल्कोमा विभिन्न योजनाहरुमा ४५% सम्मको छुट रहेको छ ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्नसक्नुहुनेछ । यसको विस्तृत विवरण बैंकको वेवसाइट (www.bok.com.np) मा उपलब्ध रहेको जानकारी गर्दछौं ।















प्रतिक्रिया