
काठमाडौँ, २३ वैशाख । सर्वोच्च अदालतले ज्यान मार्ने मुद्दामा थुनामा रहेका कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई तत्काल रिहा नगर्ने आदेश जारी गरेको छ ।
विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योगअन्तर्गत थुनमा रहेका आलमलाई सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गरेका हो ।
सर्वोच्चले उनलाई थुनामुक्त गरिरहन नपर्ने ठहर गरेको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो ।
यसअघि उच्च अदालतले आलमलाई थुनामा राख्ने आदेश दिएको थियो ।















प्रतिक्रिया