५ कार्तिक २०८३, बिहिबार

नेपालमा पहिलो पटक नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम-१०२ अन्तर्गत युएसडिएबाट सूचीकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ वैशाख । नबिल बैंकले युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडिए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम-१०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडिएसँग सम्झौता गरेको छ ।

नबिल बैंक युएसडिए कार्यालयबाट गरिएको उच्चस्तरीय मुल्याकंनपछि यस कार्यक्रमअन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो ।

यो व्यवस्थासँगै नबिल बैंकले युएसडिएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ । युएसडिए कार्यक्रमअन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतितपत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनु पर्ने छैन ।

यस व्यवस्थाअन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतितपत्रमार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

युएसडिएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रमअन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहु“च र मान्यतालाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुङ्गा हो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १४८ शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।