६ कार्तिक २०८३, शुक्रबार

दुई हप्तादेखि एक महिला बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २३ वैशाख । दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता हुनुभएको छ । परिवारका सदस्यलाई जानकारी नदिइकनै उहाँ घरबाट निस्कनु भएको हो । उहाँ हालसम्म परिवारको सम्पर्कमा आउनु भएको छैन ।

श्रीमती घरमा नआएपछि उहाँका श्रीमान् सागरले खोजी गर्दै आउनुभएको छ । “घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन”, उहाँले भन्नुभयो । श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिनुभएको छ ।–रासस