
काठमाडौँ, २३ वैशाख । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गोली चलेको छ ।
शुक्रबार राती साढे ९ बजेको समयमा सखुवाप्रसौनी गाउँपालिका– १ औराहामा गोली चलेको हो ।
दुई राउण्ड गोली चलेको स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गोली लागेको देखिएको छ ।
गोली कसले के कारणले चलायो भन्ने अनुसन्धान भइरहेको जनाए ।















प्रतिक्रिया