५ कार्तिक २०८३, बिहिबार

निर्वाचनमा मतदान गर्न जाने यात्रुलाई बस सेवाको अफर, अनलाइनबाट टिकट बुकिङ गर्नेलाई सुनको असर्फी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित् गर्दै बस सेवाले विशेष अफर सार्बजनिक गरेको छ ।

अफर अन्तरगत बस सेवा डटकममार्फत अनलाइन टिकट बुकिङ्ग गर्र्नेे यात्रुले सुनको असर्फी जित्न सक्नेछन् । वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बस सेवामार्फत अनलाइन बस टिकट बुकिङ्ग गर्ने यात्रुमध्ये ३ जनालाई गोला प्रथामार्फत सुनको असर्फी प्रदान गरिनेछ ।

यस्तै सोही अवधिमा बस टिकट काट्नेमध्ये २० जनाले क्यूएफएक्स् टिकट प्राप्त गर्नेछन् भने २७ जना यात्रुले अल्टीमेट वाटर एडभेन्चर्स कम्पनीको तर्फबाट नारायणी नदीमा मोटरबोट चढ्ने टिकट प्राप्त गर्नेछन् । विजेताहरुको घोषणा निर्वाचन सकिएपछि गोला प्रथाबाट गरिनेछ ।

स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागीता होस् र मतदान गर्न जाने यात्रुलाई सहज रूपमा बस टिकट उपलब्ध गराउने उदेश्यले यस्तो अफर सञ्चालन गरिएको बससेवाका प्रमुख कार्यकारी पिआर खनालले बताए ।

उनले भने, ‘निर्वाचनमा धेरै भन्दा धेरै मत खसोस् भन्ने सरकार र राजनीतिक दलको चाहना हुन्छ, यो समयमा धेरै मतदाता गाउँ फर्कनुहुन्छ, उहाँहरुलाई मतदान गर्न जाँदा बस टिकट नपाएर समस्या नपरोस् भन्ने उदेश्यले यस किसिमको योजना ल्याइएको हो ।’

पछिल्ला दिनमा गाउँ फर्कने यात्रुको संख्या बढ्न थालेकोले टिकट नपाउने अवस्था सिर्जना नहोस् भन्दै बससेवाले समयमै आफ्नो बस टिकट बुकिङ्ग गर्न समेत सबै यात्रुलाई अनुरोध गरेको छ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।

यात्रुहरूले बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन तथा इसेवा, फोनपे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साइबर, कम्युनिकेशन तथा मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट काट्न सकिनेछ ।