६ कार्तिक २०८३, शुक्रबार

आईजीपी नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बिहीबार सुष्मालता माथेमाको एकल इजलासले अन्तरिम आदेश नदिएर जेठ १७ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश जारी गरेको छ ।

आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सरकारले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको थियो ।