
काठमाडौँ, २२ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले पहिलो लहरमा सूर्य हुने भन्दै नझुक्किन आम नागरिकलाई आग्रह गरेका छन् ।
बिहीबार कैलालीको बौनियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताए ।
त्यस्तै, अध्यक्ष ओलीले सूर्य चिह्नलाई हरियो बनाएर बेठीक गरेको बताएका छन् । सूर्य चिह्नलाई हरियो बनाएर निर्वाचन आयोगले बेठीक गरेको बताए ।
‘यसपटक निर्वाचन आयोगले बेठीक काम गरेको छ । चुनाव चिह्न सूर्यलाई हरियो बनाएको छ । हामीले भन्दाभन्दै पनि रुखलाई हरियो बनाउनका लागि निर्वाचन आयोगले सूर्यलाई हरियो बनायो,’ ओलीले भने, ‘पहिलो लहरमा सूर्य हुन्छ नझुक्किनु होला ।’















प्रतिक्रिया