६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री देउवा रेणु दाहालको चुनावी प्रचारमा, शेखरलाई फोन गरी बोलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख। प्रधानमन्त्री शेरबहादुर देउवा रेणु दाहाललाई मेयरमा जिताउनका लागि तय भएको चुनावी सभालाई सम्बोधन गर्न भरतपुर पुगेका छन्। चितवनको महानगरपालिकामा गठबन्धनका तर्फबाट दाहाल उम्मेदवार छिन्।

प्रधानमन्त्री  देउवाले उक्त संयुक्त भनिएको सभामा सम्बोधनका लागि आउन कांग्रेस नेता डा. शेखर कोइरालालाई फोन गरेका छन्। तर, उनी बिराटनगरमा रहेका कारण आउन नसक्ने जानकारी दिएका छन्।

कांग्रेसका तर्फबाट बागी उठेका जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिनका लागि प्रधानमन्त्री देउवाले आग्रह गरेका छन्। तर, उनले मानेका छैनन्।

नेता रामचन्द्र पौडेलले त भेट गरेरै फिर्ता लिनका लागि आग्रह गरेका थिए।