
काठमाडौं, २२ वैशाख। स्थानीय निर्वाचनको सरगर्मी बढिरहेका बेला काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईले ५ बर्षमा गरेका कामको विवरण सार्वजनिक भएको छ।
एउटा वडाध्यक्षले विकासमा कामले नै नाम दिलाउन सक्छ भन्ने उदाहरणका रुपमा भट्टराई देखा परेका छन्। १४ सय मतान्तरले अघिल्लो चुनावमा जित निकालेका उनले विभिन्न काम गरेर देखाएका छन्। भट्टराई भन्छन्,‘म जनताको सेवा गर्नका निम्ति सँधै तत्पर रहन्छु। अझ गर्न धेरै बाँकी नै छ।’
फेरि वडाध्यक्षको मैदानमा रहेका उनले जनतामाझ आफूले गरेका कामको विवरणलाई पनि देखाउन चाहेका छन्। सत्ता गठबन्धनमा कांग्रेससँग मैदानमा उत्रिन लागेका भट्टराईले २६ बुँदामा आफूले गरेका कामलाई देखाउन चाहेका छन्।
–नगर अस्पतालको अस्थायी बहिरंग सेवा संचालन।
–भूकम्प स्मृति पार्क निमाण।
–पुरातात्विक आकाशेधाराको पुनर्निर्माण शुभारम्भ।
–बाल उद्धार विद्यालय नमुना विद्यालयमा सूचीकृत।
–नगर अस्पताल निर्माण अन्तिम चरणमा।
–वडा कायार्लय भवनमा सभाहलको निर्माण।
–पारिजात पार्क तथा आकाशेधारा बाटिका निर्माण।
–वडा कायार्लय निर्माणका लागि डिपिआर तयार।
–साप्रेढुंगामा नेवार समुदायको संस्कृति सम्वद्धर्नको निमित्त धिमे बाजा वितरण तथा बाजा बजाउने तालिम।
–बाल उद्धार माध्यमिक विद्यालयमा २ वटा नयाँ भवन निर्माण सम्पन्न तथा ३ वटा भवनमा रेक्ट्रोफिटिंग कार्यजारी।
–धोबीखोला करिडोर निर्माणमा बर्षौदेखि अवरुद्ध साततले पाथिभरा बस्तीको २२ घर मध्ये १० घरलाई बूढानीलकण्ठ वडा न.२ मा पुनर्स्थापन तथा १२ घरलाई उचित क्षतिपूर्ति उपलब्ध गराई करिडोर निर्माण सम्पन्न।
–साततले आनीगुम्बा क्षेत्रको डुवान समस्या समाधानका निमित्त आनिगुम्बा देखि आरम्भचोकसम्म बक्स कल्भर्ट निर्माण कार्यसुचारु साथै आरम्भचोकदेखि साततलेसम्म डिपिआर निर्माण भई कार्यान्वयन अन्तिम चरणमा रहेको।
–प्रस्तावित कपन ह्याण्डबल ग्राउण्डमा विभिन्न खेल खेल्न मिल्ने रंगशाला निर्माण कार्यसुचारु।
–एकीकृत सिद्धेश्वर परियोजना अन्तगर्त निर्माण कार्यजारी।
–वडाभित्रका बिभिन्न स्थानमा लोकेशन बोर्ड निर्माण।
–कपन बहमुखी क्याम्पसको भवन निर्माण कार्यसंगै भवनमा पठनपाठन संचालन।
–नेपाल चाटर्र स्कुल स्थित साप्रेढुंगा मैदानको स्तरोन्नति।
–गौरीशकंर टोलमा सार्वजनिक शौचालय निर्माण।
–मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन बिस्तार।
–ज्येष्ठ नागरिक नलेज बैकंको डिपिआर निर्माण।
–जोरधारा खानेपानीमा डिप बोरिङ कार्यसम्पन्न।
–पुरातात्विक चुनदेवी मन्दिरको पुनर्निर्माण।
–सहजीकरणको लागि वडा कार्यालयमा टोकन मेसिन जडान।
–वडा नं. ९ र १० जोड्ने ३ वटा पक्की पुल निर्माण।
–वडाभित्र २७.१ किलोमिटर बाटो स्तरोन्नती।
–वडाभित्र २५ किलोमिटर खानेपानी पाईपलाईन बिस्तार।
भट्टराईले यस पटक जित निकालेको खण्डमा अझ प्रभावकारी काम गरेर देखाउने वाचा गरेका छन्। उनी भन्छन्,‘यी अहिलेसम्म गरेका काम हुन् यीनको निरन्तरतासँगै नयाँ काम थप्ने योजना छ।’











प्रतिक्रिया