
काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवार जगन्नाथ पौडेलसँग भेट गरेका छन् ।
भेटमा नेता पौडेलले उम्मेदवारी फिर्ता लिन आग्रह गरे पनि जगन्नाथले फिर्ता नलिने अडान कायमै राखेका छन् ।
नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलाई भेटेका थिए ।
आफूहरु निकै अघि बढीसकेको अवस्था उत्साहजनक रहेकोले उम्मेदवारी फिर्ता नलिने अडान जगन्नाथले राखेका हुन् ।















प्रतिक्रिया