
काठमाडौँ, २१ वैशाख । नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट देशभर ३ हजार ८२१ नमूनाको परीक्षण हुँदा बुधबार १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा २ हजार ३७३ जनाको पीसीआर र १ हजार ४४८ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।















प्रतिक्रिया