६ कार्तिक २०८३, शुक्रबार

आईजीपी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा, बिहीबार सुनुवाई हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

वुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

सरकारले ज्येष्ठता मिचेर आईजीपी नियुक्ति गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सरकारले आईजीपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले निर्णय खारेज गर्न परमादेशको माग गरेका थिए ।