५ कार्तिक २०८३, बिहिबार

एसईई दिइ बसेका र नवविवाहित जोडीका लागि अन्नपूर्ण केबुलकारकोे अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदान गर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै एसईई दिइ बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

यस योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरुले यस वर्ष एसईई. परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना वैशाख ३०, २०७९ सम्म लागु हुने केबुलकारले जनाएको छ ।

साथै, नवविवाहित जोडीका लागि पनि अन्नपूर्ण केबुलकारले विशेष अफरको घोषणा गरेको छ । जस अन्तर्गत १ टिकटको खरिदमा अर्काे एक केबुलकार टिकट निःशुल्क प्रदान गर्नेछ ।

यस योजनामा सहभागी हुन नवविवाहित जोडीले आपूm विवाहित भएको विवाह कार्ड अनिवार्य देखाउनुपर्नेछ । यो योजना २०७९ असार मसान्तसम्म लागु हुने केबुलकारले जनाएको छ ।