६ कार्तिक २०८३, शुक्रबार

एमाले अध्यक्ष ओलीको निर्वाचन विशेष अपिल (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मतदान गर्दा कसैको भ्रममा नपरी सूर्य चिन्हमा मतदान गर्न आम जनतालाई अपिल गरेका छन् ।

निर्वाचन विशेष भिडियो सन्देशमार्फत अध्यक्ष ओलीले मतदान गर्दा विशेष ध्यान दिँदै विकासको गतिलाई तीव्र ढंगले अघि बढाउने मार्ग स्पष्ट पार्न एमालेमा मतदान गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा एमालेको बिजयले मात्र सवैको हित हुने र सेवा सुबिधा पाइने बताएका छन् ।

यस निर्वाचनमार्फत परमादेशलाई जनादेशले पराजित गर्छ भन्ने प्रमाण दिनुपर्ने संकेत पनि ओलीले गरेका छन् ।

सन्देशमार्फत परमादेशी सरकारले अवरुद्ध पारेको बिकास र समृद्धि अभियानलाई अघि बढाउन पनि एमालेको विजय अनिवार्य रहेको ओलीको भनाइ छ । विकासको गतिलाई अगाडि बढाउने सवालमा यो निर्वाचन विशेष महत्वका रहेको उनले बताए ।

भिडियो:

https://youtu.be/Dj_QESd0tXE