६ कार्तिक २०८३, शुक्रबार

बम भएको आशंकापछि विमानस्थल खाली गरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । त्रिभुवन विमानस्थलमा बम राखिएको आशंकापछि विमानस्थल खाली गरिएको छ ।

विमानस्थलको आन्तरिकतर्फ प्रवेश गरेका सबै यात्रुलाई बाहिर निकालिएको छ ।

अज्ञात व्यक्तिबाट विमानस्थलमा बम राखिएको हल्ला आएपछि तनाव उत्पन्न भएको हो ।

विमानस्थलको ल्याण्डलाइन नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको बताएपछि हंगामा भएको हो ।

हाल विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ ।

प्रहरीले बम डिस्पोज टोली खटाइएको जनाएको छ ।