५ कार्तिक २०८३, बिहिबार

ओपोले घटायो ‘एफ१९ प्रो’को मूल्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । ओपोले एफ सिरिज अन्तर्गतका ‘एफ१९ प्रो’को मूल्य घटाएको छ ।

मूल्य घटेसँगै यसअघि ३९ हजार ९९० रुपैयाँ पर्ने उक्त स्मार्ट फोनको मूल्य अब ३५ हजार ९९० रुपैयाँमै खरीद गर्न सकिने भएको छ ।

‘एफ१९ प्रो’ ओपोको पहिलो प्रिमियम स्मार्टफोन हो जसले नवीन प्रवृत्तिहरुलाई मूर्त रुप दिन्छ र रमाइलो पलहरु खिच्न सकिन्छ । यसअघि ३९ हजार ९९० रुपैयाँ रहेको रहेको यो फोनको मूल्य चार हजारले घटाउँदै नयाँ मूल्य कायम गरिएको कम्पनीले जनाएको छ ।

३० वाटको भीओओसी फ्ल्याश चार्ज ४.० प्रविधियुक्त यो फोन कलरओएस ११.१ मा आधारित रहेको छ । ४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित क्वाड क्यामेरा सेटअप रहेको फोनमा ८ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २ एमपी मोनो क्यामेरा छ ।

सेल्फीका लागि फोनमा ३२ एमपी फ्रन्ट फेसिङ क्यामेरा रहेको छ ।