६ कार्तिक २०८३, शुक्रबार

चन्द्रागिरीका मेयर र उपमेयरका उम्मेदवारको के-के छन् वाचा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका चन्द्रागिरी नगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका घनश्याम गिरी र उपमेयरमा जनमोर्चाका रोसन दानी रहेका छन् ।

गिरी निवर्तनमा नगर प्रमुख हुन् भने २०७४ को स्थानीइ तहको निर्वाचनमा दानी उपमेयरमै पराजित भएको थिए ।

गिरी भन्छन्, ‘प्रथम पटक म निर्वाचन भएर आए पछि नगरपालिकामा ठुला परिर्वतन भएका छन्, नेपालकै पहिलो सुरुङ मार्ग निमार्णमा सहजिकरण, कंलकी नागढुङगा सडक धुलाम्मे सडक निमार्ण पहल र सहजिकरण,चन्द्रागिरि केवल कार र पर्यटन प्रर्वधनमा सोचे भन्दा ठुलो सफलता, स्थानिय स्तरमै चन्द्रागिरिको पाँच वर्षमै आफ्नै सुविधा सम्पन भवन, १ अर्व वरावरको थानकोटमा अस्पताल निमार्ण कार्यलाई तिव्रता स्वास्थ्य,शिक्षा,सडक,कृषी लगायत क्षेत्रमा ठुलो सफलता, लगायत हजारौ काम सम्पन गरिसकेको बताए । गिरीले चन्द्रागिरि नगरपालिकालाई जिआइएस,जिपिएस र जिपीआर एस प्रणाली माफत डिजिटल नगर प्रोपाईल वनाउने काम अन्तिम चरणमा पुगेको छ ।’

त्यस्तै, उनले थपे, ‘अव नगरपालिकामा महिला,वालवालिका र युवाहरुका लागि ठुलो काम गर्नु छ, स्थानिय स्तरमै रोजगारी सृजना गर्दे युवाहरुलाई यहि बस्ने बातावरण तयार गनु छ र नगरपालिकालाई प्रविधि मैत्री नगरपालिका बनाउनै पर्छ यही हाम्रा नागरिकहरुलाई स्वास्थ्य,शिक्षा,उद्योगको विकास गर्न मेरो नेतृत्वको टिम विजयी हुनै पर्दछ ।’

त्यस्तै, उपमेयरका उम्मेदवार दानीले युवाहरुलाई स्वदेशमै रोजगारीका लागि नगरमा काम गर्ने बताए । उनले नगरमा आधाभूत आवश्यकतालाई पहिचान गरी देशलाई समृद्धि तर्फ लैजाने दावी गरे ।