
काठमाडौँ, २० वैशाख । प्रहरीले एक किलो सुनको गहनासहित एक जना युवकलाई पक्राउ गरेको छ ।
बाँकेको खजुरा गाउँपालिका–२ स्थित एलगाउँबाट करिब १ किलो सुनको गहनासहित प्रहरीले बझाङको जयपृथ्वी नगरपालिका–१ पिमी कैलाश घर भएका २८ वर्षीय लोकबहादुर सिंहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सिंहको साथबाट भारतको बैंग्लोरबाट चोरेर ल्याएको ८०२ ग्राम ७३ मिलिग्राम सुनका गहना बरामद गरिएको छ ।
मंगलबार इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा सो सुन फेला परेको थियो ।
सिंहले बैंग्लोरमा चारजना मिलेर वैशाख ४ गते सुन चोरेको बयान दिएका छन् । चोरीमा दुई जना भारतीय र दुई नेपाली संलग्न रहेको प्रहरीले जनाएको छ ।
इन्टरपोलमार्फत भारतमा धनीलाई फोन गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट सुनको हार, मंगलसुत्र, बाला, दाना, झुम्की, रामलीला, ब्रासलेट, कानपासा, औंठी, टप, फुली, टुक्राहरू पत्थर र माला बरामद गरिएको छ ।















प्रतिक्रिया