८ कार्तिक २०८३, आइतबार

मेयर जितेपछि गणेशमान पार्क बनाउँछु,उहाँको नाममा राजनीति नगरौँः केशव स्थापित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० वैशाख । नेकपा (एमाले) बाट काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितले आफूले मेयर जितेपछि गणेशमान सिंहको नाममा पार्क बनाउने बताउँदै उनको नाममा राजनीति नगर्न आग्रह गरेका छन् ।

सोमबार काठमाडौँ महानगरपालिका वडा–१० का मतदातासँगको अन्तरक्रियामा बोल्दै स्थापितले भने, ‘गणेशमानजीको लामो इतिहास छ । उहाँको नाम लिएर राजनीति गरेर हुँदैन । उहाँप्रति सम्मान प्रकट गर्नुपर्छ ।’

उनले कांग्रेसले गणेशमानको नाममा राजनीति गरेको तर सम्मान गर्न नसकेको बताए ।

उनले भने– ‘सिर्जना (नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाकी मेयर पदकी उम्मेदवार) जी अझ गणेशमान सिंहको परिवारका लागि जे गर्नु पर्ने हो लेखेर दिनुहोस् म पूरा गर्न तयार छु,’ तर गणेशमानको नाममा राजनीति गर्ने सम्मान भने नगर्ने कुरा हुन्न ।

स्थापितले आफू निर्वाचित भएपछि तिलगंगा नजिक रहेको र अहिले स्वीजरल्याण्ड पार्कले परिचित स्थानमा गणेशमान सिहंको सम्झनामा गणेशमान पार्क निर्माण गर्ने बताए ।