८ कार्तिक २०८३, आइतबार

भुवन केसी र स्वेता खड्का कांग्रेस प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० वैशाख । आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत सोमबार कांग्रेसमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई आज पार्टी प्रवेश गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कांग्रेस नेतासमेत रहनुभएका कलाकार नीर शाहलगायत सहभागी थिए ।