८ कार्तिक २०८३, आइतबार

एमाले उदयपुरका सबै बागी उम्मेदवारलाई कारवाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २० वैशाख । पार्टी हित विपरित कार्य गरेको भन्दै नेकपा एमाले उदयपुरले सात जना नेता कार्यकर्तालाई अनुशासनको कार्वाही गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गर्दै आसन्न बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पार्टी निणर्य विपरित उमेदवारी दिएका सबैलाई कार्वाही गरिएको हो ।

विज्ञप्तिमा त्रियुगा नगरपालिका १ का नारायण ढकाल, रौतामाई गाउँपालिका ३ लाफागाउँका खिलराज राई, उदयपुरगढी गाउँपालिका ५ का बसन्त पौडेल, सोही गाउँपालिका वडानं २ का इन्द्रबहादुर राउत, बेलका नगरपालिका ९ का तेजमान विक, त्रिनपा ४ का लोकेश कटुवाल र कटारी नपा ४ का भुपेश तामाङ रहेका छन् ।

पार्टीका सल्लाहकार सदस्य रहेका ढकालले त्रिनपा १ मा वडाध्यक्षको उमेदवारी दिएका छन् । त्यसैगरी रौतामाई गाउँपालिका कमिटीका उपाध्यक्ष रहेका राईले वडानं ३ को वडाध्यक्ष, विभागिय सदस्य रहेका पौड्ेलले उदयपुरगढी गाउँपालिकाको अध्यक्ष, संगठित सदस्य रहेका राउतले उदयपुरगढी २ का वडाध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिएका छन् ।

त्यस्तै लेखाआयोगका सदस्य रहेका बिक बेलका २ का वडाध्यक्ष, नगरकमिटी सदस्य रहेका कटुवाल त्रिनपा ४ का वडाध्यक्ष र वड कमिटी अध्यक्ष रहेका तामाङ्ग कटारी ४ को स्वतन्त्र उमेदवार हुन् ।

यसअघि कटारी नगरपालिकामा स्वतन्त्र उमेदवारी दिएकी प्रदेश कमिट सचिवालय सदस्य भिमकुमारी राउतलाई अनुशासनको कार्वाही गरिसको छ । आधिकारीक उमेदवारविरुद्ध वागि उमेदवारी दर्ता गरेको र उम्मेदवारी फिर्ता लिन गरेको अनुरोधलाई अस्वीकार गरी उम्मेदवारी कायम राखेकाले कार्वाही गरिएको अध्यक्ष घिमिरेले बताए ।

उनीहरुलाई पार्टीको विधानको धारा ८० को उपधारा (६) अनुसार अनुशासन उल्लंघन गरेको हुनाले धारा ८१ को (१) बमोजिम पदबाट निश्कासन र सदस्यता निलम्बन गरेको घिमिरेले जानकारी दिए ।