
काठमाडौँ, २० वैशाख । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापति प्रकरणबारे स्पष्टिकरण दिएका छन् ।
उनले सार्वजनिक रूपमा स्पष्टिकरण दिँदै त्यस प्रकरणमा आफू पूर्ण रुपमा निर्दोष भएको दावी गरे ।
सोमबार मतदातासँग अन्तरक्रिया गर्दै उनले रश्मिलालाई कामबाट हटाइएको घटनामा आफ्नो कुनै हात नरहेको उनको स्पष्टोक्ति दिएका छन् ।
‘विभागीय प्रमुखदेखि सबै मन्त्रालयका प्रतिनिधि बसेर हटाउने निर्णय गरे । मलाई त थाहा पनि छैन । मेरो कुनै सम्बन्ध नरहेको कुरामा आरोप लगाउन पाइन्छ ?’ उनले भने ।
त्यस्तै, उनले कांग्रेसबाट मेयरको उम्मेदवारमा उठेकी सिर्जना सिंहलाई रश्मिलालाई बोकेर आफूसँग चुनाव नलड्न पनि चेतावनी दिएका छन् ।
ठूलो रुखमा गुलेलीले प्रहार गर्दैमा रुखले फल दिन नछाड्ने स्थापितले बताए ।
उनले भने, ‘ठूलो वृक्षमा सबैको आँखा लाग्छ । बाँदर सेनाले गुलेलीले हान्छन् । रुखले निहुरिनुपर्छ । अरुले ढुंगा हाने पनि रुखले फल नै दिने हो ।’















प्रतिक्रिया