६ कार्तिक २०८३, शुक्रबार

रेणु जिताउन भरतपुरमा गठबन्धनको संयुक्त सभाः देउवा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख। सत्ता गठबन्धनका शीर्ष नेताले भरतपुर महानगरपालिका मेयरमा रेणु दाहाललाई जिताउन अपिल गर्ने भएका छन्।

सत्ता गठबन्धनको संयुक्त चुनावी सभा २२ वैशाखमा राखी प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

उक्त सम्बोधनका क्रममा भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरिनेछ। खासगरी मेयरमा रेणु दाहाललाई जिताउनका निम्ति प्रचण्डको पहलमा चितवनमा संयुक्त सभा गर्न लागिएको हो।