५ कार्तिक २०८३, बिहिबार

सूर्या लाइफ इन्स्योरेन्स ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा बिधा ‘बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, ‘बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ्ग इन नेपाल इन्स्योरेन्स इन्डस्ट्रि’ र ‘आउटस्ट्यान्डिङ्ग पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्रि अफ नेपाल’ आवार्ड हासिल गर्न सफल भएको छ ।

विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्ल्यूसी, इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्सलगायत थुप्रै प्रतिष्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको बताइएको छ । बिमस्टेक मुलुकहरुबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गर्नुभएका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उक्त अवार्डहरु ग्रहण गरेका थिए ।

नोभोटेल होटेल, कलकत्ता, भारतमा एक भव्य समारोहकाबीच आयोजना गरिएको उक्त कार्यक्रममा पवन कुमार खड्काले आफ्नो मन्तव्यमा नेपालमा बीमाको वर्तमान अवस्था र महत्वका, साथै बीमा क्षेत्रकै नियमनकारी निकाय बीमा समितिद्वारा निभाइएका अहम भूमिका र कदमहरुका बारेमा बिस्तृत रुपमा प्रस्ट्याएका थिए । नेपालमा डिजिटल टेक्नोलोजी र आर्टिफिसिल इन्टेलिजेन्सको बीमा क्षेत्रमा रहेको आवश्यक्ता र अवस्था बारेमा प्रस्ट पारेका थिए ।