६ कार्तिक २०८३, शुक्रबार

आज पहाडी भूभागमा वर्षाको सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी तथा हिमाली भेगमा वर्षाको सम्भावना रहेको बताएको छ ।

नेपालमा स्थानीय, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीसँगै पश्चिम वायुको प्रभावका कारण केही दिन वर्षा जारी रहने समेत महाशाखाद्वारा जारी दैनिक बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार बिहान प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा भएको छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै राति प्रदेश १, लुम्बिनी र गण्डकीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना आँकलन गरिएको छ ।

बुधबार पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा जनाएको छ ।

राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।