६ कार्तिक २०८३, शुक्रबार

मतदाताको खुट्टामा नोट चढाउदै भोट माग्दै मेलम्चीका कांग्रेस उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं १० का वडाअध्यक्षका उम्मेदवार अमृत खनालले निर्वाचन आचारसंहिताविपरीत पैसा बाँडेर भोट मागिरहेको खुलेको छ। कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार खनालले मतदाताको खुट्टामा एक हजार रुपैयाँ राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो।

खनाल चुनावी प्रचारप्रसारमा घरदैलो अभियानका क्रममा मतदाताको खुट्टामा एक हजार रुपैयाँ दाम चढाएर भोट मागिरहेको स्थानीयले बताएका छन्।

सामाजिक सञ्जालमा तस्वीर भाइरल भएपछि खनालले भने आफ्नी फुपूलाई ढोगेर दक्षिणा चढाएको स्पष्टिकरण दिएका छन्। उनले भनेका छन्,‘‘मेरी फुपू दिदीको हातबाट टीका लगाएपछि मैले मेरी दिदीको पाउ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँरु आादर र सम्मान गर्नु मेरो धर्म हो। यो सकारात्मक संस्कारलाई पनि प्रंचार प्रसार गरिदिनु भएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद।”