
काठमाडौँ, १९ वैशाख । भारतीय आयल कर्पोरेसन (ओईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेपाल आयल निगमले पनि फेरि बढाउने तयारी गरेको छ ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ ८४ पैसा बढेर आएपछि निगमले मूल्य बढाउन लागेको हो । जसअनुसार पेट्रोल प्रतिलिटर एक सय ८३ रुपैयाँ दुई पैसा पुगेको निगमको भनाइ छ ।
अहिले प्रतिलिटर पेट्रोल एक सय ६० रुपैयाँ छ भने अब एक सय ६५ रुपैयाँ हुने बताइएको छ ।
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ छ । डिजेल र मट्टितेलमा पनि प्रतिलितटर पाँच रुपैयाँ बढाउने तयारी गरिएको छ । त्यसैगरी खाना पकाउने ग्यासको मूल्यमा पनि चर्को भाउ बढेको बताउँदै निगमले प्रतिमहिना पाँच अर्ब १९ करोड घाटा हुने उल्लेख गरेकाले चुनावको मुखमा सर्वसाधारणमाथि थप मूल्यवृद्धिको भार पर्ने देखिएको हो ।
















प्रतिक्रिया