
उदयपुर, १९ वैशाख । २०७४ को स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिकामा ७३ भोटले जित निकालेको नेकपा एमालेले यसपटक फराकिलो मतले जित निकाल्ने प्रंक्षेपण गरेको छ ।
अघिल्लो पटकको निर्वाचनमा भन्दा सांगठानिक संरचना र जनता प्रतिको जनलहरलाई मजवुत बनाएको एमालेले सहजै जित निकाल्ने आँकलन गरेको हो । त्यति मात्र नभई सामाजिक क्षेत्रका अगुवा, विकासप्रेमी, भिजन बोकेका व्यक्तित्वलाई मैदानमा उतार्नु पनि एमालेको जित सहज भएको अनुमान गरिएको छ ।
अन्य पार्टीको तुलनामा नेकपा एमालेका मेयरका उमेदवार भागवत राउत र उपमेयर महेश्वरी राई निकै अब्बल मानिन्छन् । तीन दशक बढी सामाजिक क्षेत्रमा निरन्तर त्रियाशील उनीहरू त्रियुगाका जनताको रोजाई र आँखाको नानीभित्र बस्न सफल भएका छन् ।
मेयरका उमेदवार राउतको नेतृत्वमा त्रियुगा नपा १० मा मदन भण्डारी आँखा अस्पताल निर्माण र सञ्चालन, गरीबका छोराछोरी पढ्ने गरी मनमोहन स्कुल, धार्मिक आस्थाका व्यक्तिलाई लक्षित गरी एक दर्जनको हाराहारीमा मठमन्दिर, चर्च निर्माण भएका छन् । नेपाल नेत्रज्योति संघको केन्द्रीय सदस्य तथा जिल्ला सभापतिसमेत रहेका राउत २०५४ का निर्वाचित तत्कालिन वडानं १ हालको वडानं १० का वडाध्यक्ष पनि हुन् ।
सामान्य आँखाका विरामी प्रारम्भिक उपचारका लागि छिमेकी जिल्ला सिरहाको लाहान धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै सदरमुकाम गाईघाटमा संघको स्वामित्वमा रहने गरी आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका हुन् । त्यहीँ उपचार केन्द्रलाई वढोत्तरी गरी एक महिनाअघि सबै प्रकृतिको अप्रेशन हुने गरी आँखा अस्पताल सञ्चालनमा ल्याएका हुन् ।
दुई बर्ष यता कोभिडको महामारी बढेसँगै उपचारका लागि अन्यन्त्र लैजानु पर्ने बाध्यतालाई अन्त्य गरी आँखा अस्पतालमा नै कोभिडको उपचार राउतले नै सुरु गरेका हुन् । विभिन्न निकायको सहयोगमा प्रविधिकहरू भित्र्याई कोभिडका विरामीको निःशुल्क उपचार गरिएको थियो ।
उपमेयर पदका उमेदवार महेश्वरी राई शिक्षा, सामाजिक, महिला र मानव अकिारको क्षेत्रमा अब्बल नेतृ मानिन्छिन् । प्रारम्भिक चरणका बालबालिकालाई हास्दै, खेल्दै सिक्दै, सिकाउँदै अभियानमार्फत उनको नेतृत्वमा जिल्लाका धेरै ठाउँमा बालविकास केन्द्र स्थापना भएका छन् ।
बालबालिकाको सर्वाङिण विकासका लागि प्रारम्भिकचरणमा बालविकास केन्द्र आवश्यक रहेका अवधारणा सहित उनले थुप्रै ठाउँमा वहस पैरवी र जनशक्ति उत्पादनमा महत्वपूर्ण भुमिका निर्वाह गरेकी छिन् । मदन भण्डारी आँखा अस्पतालको सदस्यसमेत रहेकी राई त्रियुगा जनता वहुमुखी क्याम्पसको पहिलो स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष हुन् ।
उनीसँग लामो समयको महिला अधिकार, सामाजिक अभियान, शिक्षा क्षेत्रको क्षेत्रको वहस र पैरवीको अनुभव छ । सामाजिक अभियानका हाई प्रोफाईल भएका व्यक्ति मैदानमा रहेकाले नेकपा एमालेलाई यस पटक जित निकाल्न सहज भएको नगरबासीको अनुमान छ ।
मेयर पदका उमेदवार भागवत राउत भन्छन्, ‘जित्नका लागि हिजो जति कष्ट थियो, यसपटक त्यस्तो असहज छैन् । हामीले गाउँ गाउँमा संगठन बनाएका छौँ, जनता रिझाउने काम गरेका छौँ ।’ जनप्रतिनिधि नभएर पनि त्यो भन्दा बढी त्रियुगा र सिङ्गो उदयपुरको विकास निर्माणमा टेवा पुर्याएको उनको दाबी छ । ‘मेरो कामको मूल्याङ््कन गरी एक पटक जनप्रतिनिधि हुने मौका दिए त्रियुगालाई बजार होइन नमूना सहरको रूपमा विकास गर्छु ।’
‘अस्तव्यस्त त्रियुगालाई सुन्दर, हराभरा, लोभलाग्ने बनाउँछु,’ राउतले भने, ‘भिजन, क्षमता, अभिरुची भएर पनि जनप्रतिनिधि आफुनिकट नहुँदा धेरै विकास निर्माणका काममा अवरोध पुगेको छ त्यसैले मैले र एमालेले बोकेको सपना पुरा गर्न उमेदवार बनेको हुँ ।’
लामो समय शिक्षा, सामाजिक, महिला र मानवअधिकारको क्षेत्रमा अनुभव बोक्नु भएका उपमेयर महेश्वरी राईलगायत अनुभवी र इमान्दार वडाध्यक्ष र सदस्यहरू एमालेका उमेदवारहरू भएकाले चुनाव जित्न त्यति गाह्रो नभएको उनले बताए । गठबन्धन भित्र भाँडभैलो र टिकट नपाउनेबीचको असन्तुष्टिका स्वरहरू अन्य पार्टीमा सुनिरहेको बेला एमाले भित्रको मजवुद एकता र एउटै स्वरले विजयीको यात्रालाई थप मलजल पुगेको एमाले अध्यक्ष परमेश्वर घिमिरेले बताए ।
उनले भने, ‘टिकट लिनका लागि प्रतिसपर्धामा उत्रिएपनि टिकट पाईसकेपछि कसैको असन्तुष्टि नरहेको र प्रतिसपर्धीहरू नै चुनावी अभियानको मोर्चा सम्हालेर हिँड्नु भएकाले कार्यकर्तालाई थप ऊर्जा मिलेको छ ।’















प्रतिक्रिया